खेललाई स्तरीय र उत्कृष्ट बनाउन बन्द प्रशिक्षण संचालन गर्ने


फाल्गुन १०, २०८०, बिहीबार | दिउँसो ०२:३२ बजे | 75


खेललाई स्तरीय र उत्कृष्ट बनाउन बन्द प्रशिक्षण संचालन गर्ने

ललितपुर, १० फागुन । अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८० र वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता –२०८० को लागि छनोट प्रतियोगिता प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेको विशेष आतिथ्यतामा सातदोबाटो बक्सिङ ट्रेनिङ्ग हलमा सम्पन्न भयो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि र विशेष अतिथिले रेफ्रि जजलाई ग्लोब हस्तातरण गरी उद्घाटन गर्नुभयो । 
प्रमुख अतिथि भण्डारीले सृजनशील र नयाँ कार्यक्रमको रुपमा छनोट प्रतियोगिता संचालन गरी खेललाई स्तरीय र उत्कृष्ट बनाउन बन्द प्रशिक्षण संचालन गर्ने बताउनुभयो । उहाँले प्रतियोगिता रणनीतिक र शारीरिक रुपमा महत्वपूर्ण भएको बताउँदै बढी पदक जित्ने सम्भावना भएको बक्सिङबाट छनोट प्रतियोगिता सुरुवाट गरेको बताउनुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन बागमति प्रदेश जिम्मा पाएको बताउँदै सबै प्रदेशमा पालैपालो राष्ट्रिय खेलकुद प्रतियोगिता गराउने नीति तथा कार्यक्रम बनाउँदै अब प्रतियोगिता भन्दा प्रशिक्षणमा जोड दिई उत्कृष्ट खेलाडी उत्पादन गर्ने बताउनुभयो । 
कार्यक्रममा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले खेलाडीको भविष्य प्रतियोगितासंग जोडिएकोले निष्पक्ष ढंगले निर्णायकको भूमिका निभाउनु पर्ने बताउनुभयो । 
कार्यक्रम बागमति प्रदेश बक्सिङ संघका अध्यक्ष धनकुमार मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रम संचालन प्रदेश सचिव रामकृष्ण प्रजापतिले गर्नुभयो । 
प्रतियोगितमा राखेपका तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्मा, नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारी, अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोका प्रमुख मधु बस्नेत, काठमाण्डौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, प्रदेश खेलकुद विकास परिषद् बागमती कार्यालयका प्रमुख सूर्य बहादुर दुलाल, बागमती प्रदेश बक्सिङ संघका कबुना श्रेष्ठको उपस्थिति रहेको थियो । 
आज भएको छनोट प्रतियोगितामा पुरुष तर्फ ४८ केजिको सेमिफाइनलमा ललितपुरका महेन्द्र माझिलाई आर एस सि नक आउटको आधारमा नुवाकोटका संजय लामाले जित हासिल गरे । त्यस्तै ५३ केजिमा भक्तपुरका प्रद्युन्न पौडेललाई काठमाण्डौंका कमल थापामगरले युनिनमसको आधारमा (०–५) जित हासिल गरे । त्यस्तै ६० केजिमा ललितपुरका विशाल श्रेष्ठलाई नुवाकोटका समर लामाले युनिनमसको आधारमा (०–५) जित हासिल गरे । त्यस्तै ७१ केजिमा नुवाकोटको कुशल गुरुङ्गलाई काठमाण्डौंका अश्विन धिरन श्रेष्ठले २–३ अंकले जित हासिल गरे ।
महिला तर्फ सेमिफाइनल ४८ केजिमा एचटुवका मनिषा राईले नक्सालका मन्दिरा पौडेललाई ५–०ले जित्यो । त्यस्तै ५७ केजिमा काठमाण्डौंका प्रेमा श्रेष्ठले नुवाकोटका तनुजा नेपालीलाई ५–० ले जित्यो । 
५० केजि तौलमा फाइनलमा स्विटस्का रमिशा श्रेष्ठले काठमाण्डौंका आंगि शेर्पालाई ५–० ले जित्यो । 
पुरुष तर्फको फाइनमा ५४ केजीमा नुवाकोटका पुष्कर खनाललाई काठमाण्डौंका मदनकृष्ण डंगोलले आरएससिको आधारमा जित्यो । त्यस्तै ५७ केजिमा नुवाकोटका निरञ्जन मोक्तानले ललितपुरका बलबहादुर पुनलाई ५–०ले जित्यो । त्यस्तै ८६ केजिमा काठमाण्डौंका उमंग महर्जनले ललितपुरका सम्रात थापाक्षेत्रीलाई ५–०ले जितेको बागमति प्रदेश बक्सिङ संघका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

Comments