वार्षिकोत्सवको अवसरमा सरसफाई (तस्वीरहरु छन् )
फाल्गुन ९, २०८०, बुधबार | विहान १०:०३ बजे | 60
भक्तपुर । वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार च्याम्हासिंह र कमलविनायक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाइ कार्यक्रम विद्यालय र कलेजका शिक्षक विद्यार्थीहरुको उल्लेख्य सहभागितामा विद्यालय प्राङ्गण, च्याम्हासिंह पोखरी, विद्यालय तथा कलेज वरपरका सडक, पेटी, वगैंचालगायतका क्षेत्रमा सम्पन्न भएको हो । सामाजिक उत्तरदायित्वको भावनालाई प्रोत्साहित गर्न मानविकी, शिक्षा, टेक्स तथा व्यवस्थापनका विद्यार्थीहरु उक्त कार्यक्रममा स्वयम्स्पूmर्त रुपमा सहभागी भएको प्रशासक तुल्सीराम प्रजापतिले बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँको प्रमुख आतिथ्यतामा फागुन १० गते विहान १० बजे कमलविनायक परिसरमा सम्पन्न हुने वार्षिकोत्सव कार्यक्रममा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत हुने जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...