भक्तपुरमा थप ९९ जना कोरोना संक्रमित (विवरणसहित)


कार्तिक ३, २०७७, सोमबार | दिउँसो १२:१५ बजे | 10


भक्तपुर । आज सोमवार भक्तपुर जिल्लामा ९९ जनामा कोरोना भाईरसको संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पनि १६८ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसअनुसार मध्यपुर थिमिको नगदेश, कौशल्टार, राद्ये राद्ये, गठ्ठाघर, लौहकन्थली, धुन्चोपाखा, सानोठिमी, बोडेलगायतका स्थानमा (४१पुरूषर२८ महिला) गरि ६९ जना, भक्तपुर नगरपालिकामा (१२पुरूषर८महिला) गरि २०जना, चागुनारायण नगरपालिकामा (९पुरूषर११महिला) गरि २० जना, सुर्यबिनायक नगरपालिकामा (२६ पुरूषर२२ महिला) गरि ४८ जना र ११ जनासंग सम्पर्क हुन नसकेको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जनाएको छ ।

Comments