सिद्धि स्मृति बाल गृह चाँंगुको सामाजिक परीक्षण सकियो
फाल्गुन ४, २०८०, शुक्रबार | दिउँसो १२:५७ बजे | 30
चाँंगुनारायण । सिद्धि स्मृति बाल गृह चाँंगुनारायण नगरपालिका वडा नं ५ भक्तपुरको सामाजिक परीक्षण शुक्रबार सम्पन्न भएको छ । सिद्धि स्मृति प्रतिस्थानका संस्थापक अध्यक्ष समाजसेवी श्यामसुन्दर धौभडेलको सभापतित्वमा भएको कार्यक्रममा सिद्धि स्मृति महिला तथा बाल अस्पतालका अपरेशन डाइरेक्टर अनिलराज भण्डारीले बाल गृहले बालबालिकाको हितमा विभिन्न कार्यहरु गर्दै आएको चर्चा गरे । उनले सहाराविहीन बालबालिकाहरुलाई आश्रय दिएर बालगृहले काम गर्दै आएको जनाए । सिद्धि स्मृति प्रतिष्ठानको एउटा अंगको रुपमा विगत सात वर्षदेखि यहाँं बालगृह सञ्चालनमा रहेको जानकारी उनले गराए । बालगृह आफनै जग्गा र भबनमा रहेको बताइयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य घनश्याम खडकाले गृहले पछिल्लो एक वर्षमा गरेका गतिविधिहरुबारे जानकारी गराए । उनले बालबालिकाको हितका लागि गृहले निरन्तर समाजसेवाको काम गर्दै आएको जनाए ।
गृहमा अहिले नौ जना बालक र तीन जना बालिका गरी कुल १२ जना बालबालिकाहरु रहेको जनाइयो । उनीहरु सवैजना भक्तपुरको बाल विकास इगलिश स्कुल लिवाली भक्तपुरमा स्कुलमा अध्ययनरत रहेको जनाइयो । बालबालिकाहरु स्कुलमा नौ कक्षादेखि तीन कक्षाको वीचका कक्षाहरुमा रहेको कार्यक्रममा बताइयो ।
फाेटाेमा हेर्नुहाेस्...