मध्यपुर थिमिको स्थानीय स्काउट आयुक्तमा तुल्सीहरि प्रजापति


फाल्गुन ४, २०८०, शुक्रबार | विहान ०४:२५ बजे | 130


मध्यपुर थिमिको स्थानीय स्काउट आयुक्तमा तुल्सीहरि प्रजापति

मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुरेन्द्र श्रेष्ठले नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम तुल्सीहरि प्रजापतिलाई स्काउटको स्थानीय आयुक्त पदमा मनोनयन गर्नुभयो । नेपाल स्काउटको आयुक्तको रुपमा मनोनयन भएका प्रजापतिलाई नगरप्रमुखकाे कार्यकक्षमा मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो । मिति २०८० माघ २६ गते सम्पन्न निर्वाचनबाट स्थानीय स्काउट परिषद्का लागि विजयी हुनु भएका स्काउटरहरूमध्येबाट प्रजापतिले नियुक्ति पाउनुभएकाे थियो । स्काउट नियमावलीमा निर्वाचित भएको सात दिनभित्र संरक्षकले स्थानीय आयुक्त मनोनयन गर्ने व्यवस्था रहेको छ ।

Comments