ताथलीको महायज्ञबाट एक करोड १२ लाख वढी दान रकम संकलन


फाल्गुन १, २०८०, मङ्गलबार | दिउँसो ०१:३९ बजे | 75


ताथलीको महायज्ञबाट एक करोड १२ लाख वढी दान रकम संकलन

भक्तपुर । भक्तपुरमा भएको एउटा महायज्ञबाट एक करोड बढी रकम आम्दानी भएको बताएको छ । श्री छोरीको घर जेष्ठ नागरिक आश्रमद्धारा जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा असोज ११ गतेदेखि २७ गतेसम्म आयोजित धार्मिक तथा साँंस्कृतिक महामहोत्सव एवं श्रीमद भागवत विराट पित्री उद्धार ज्ञान महायज्ञ २०८० बाट एक करोड १२ लाख ३६ हजार तीन सय ८९ रुपैयाँं ६५ पैसा आम्दानी भएको जनाइयो । 
आयोजकले मंगलबार यहाँं पत्रकार सम्मेलन गरी आम्दानी खर्चको हिसाव किताव सार्जजनिक गरेको हो । सम्मेलनमा दिइएको जानकारी अनुसार खर्च एक करोड ८३ लाख ८४ हजार एक सय ६१ भएको थियो । 
सम्मेलनमा आयोजक श्री छोरीको घर जेष्ठ नागरिक आश्रमका संरक्षक विश्वविख्यात कथावाचक बालयोगेश्वर श्री विजय कृष्ण मूर्तिजी महाराजले महायज्ञबाट ७१ लाख ४७ हजार सात सय ७१ रुपैयाँं ३५ पैसा घाटा भएको जानकारी गराए । महायज्ञबाट सात करोड दान रकम संकलन हुने अपेक्षा गरिए पनि अपेक्षा भन्दा निकै कम मात्रै दान रकम संकलन हुन गएको उनको भनाई थियो । अव घाटालाई विभिन्न उपायहरुबाट पूर्ति गर्ने योजना रहेको उनले सुनाए । 

फाेटाेमा हेर्नुहाेस्...

ताथलीको महायज्ञबाट एक करोड १२ लाख वढी दान रकम संकलन
ताथलीको महायज्ञबाट एक करोड १२ लाख वढी दान रकम संकलन

Comments