काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १ हजार ७ सय ४६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १४ सय ५१, भक्तपुर १ सय ४३ र ललितपुरमा १ सय ५२ गरि १ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय ६७ संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रिमतको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ८ सय जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको कूल संख्या ८९ हजार ८ सय ४० पुगेका छन्।

...

All Comments.......


Please Login/Register To Comments