विनीता थापा
भक्तपुर । विश्वभर फैलिएको कोभिड १९ को कारण नेपालमा रगतको अभाव हुन नदिन शिर्जनसील युवा समाजद्वरा आज शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा शिर्जनसील युवा समाजले त्यस समस्यालाई मध्यनजर गदै रक्तदान कार्यक्रम गरिएको हो । उक्त रक्तदान कार्यक्रममा लगभग ५० जनाले रक्तदान गरे।
रक्तदान कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा ८ का अध्यक्ष किरण थापाले रक्तदान गरेर रक्तदान कार्यक्रम शुरु भएको हो ।
क्लबका अध्यक्ष गैतम थापाले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी ,रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए।
उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य सञ्चालन गर्दै आएको छ भने यो दोस्रो रक्तदान कार्यक्रम हो ।
क्लवका सदस्य अमृत थापाले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न संघसस्था र क्लवहरूले समेत रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments