मिस तामाङ २०२४ को ट्यालेन्ट शो सम्पन्न


माघ २०, २०८०, शनिबार | दिउँसो ०३:०७ बजे | 75


मिस तामाङ २०२४ को ट्यालेन्ट शो सम्पन्न

संगम लामा
काठमाडौं । मम्स इनटरनेशनलको आयोजनामा मिस तामाङ २०२४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । शनिबार काठमाडौंस्थित सिटि सेन्टरमा १६ औँ संस्करणको सबै सहभागीले नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुत गरेका हुन् । यो संस्करणका लागि २६ जनाले भाग लिएका छन् ।
तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रितिरिवाज तथा रहनसहनलाई विश्वका तामाङसामु पुरयाउने उद्धेश्यले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको मम्स इनटरनेशनल नेपालकी निर्देशक रञ्जिता लामा तामाङले बताएकी छिन् ।
सहभागि तामाङ युवतीहरु पनि आफ्नो व्यक्तित्व विकासका साथै तामाङ भाषा,भेषभूषा,संस्कृति सिक्न र पुस्तान्तरणमा सघाउन तत्पर भएर प्रतियोगितामा विजेता तथा प्रथम हुनेले नगद १ लाख,फस्ट रनर अपले ५० हजार, सेकेण्ड रनरअपले ३० हजार,विजेता सबैले नगद पुरस्कार बराबरकै चाँदीको क्राउनका साथै गिफ्ट ह्याम्पर पाउनेछन्।
मिस तामाङको ग्राण्ड फिनाले घोषणा ल्होछारको अवसरमा आउँदो फागुन १२ गते राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच मिस तामाङ २०२४ घोषणा गर्ने भएको छ ।

Comments