तामाङ चलचित्र ‘ग्याल्बो राजा’ मा समाबेश दुइटा गीत सार्वजनिक(वैशाख १५ गते प्रदर्शन हुने)


माघ १७, २०८०, बुधबार | दिउँसो ०१:२९ बजे | 80


तामाङ चलचित्र ‘ग्याल्बो राजा’ मा समाबेश दुइटा गीत सार्वजनिक(वैशाख १५ गते प्रदर्शन हुने)

काठमाडौं । कालीदेवी मिडिया हाउसको ब्यानरमा तामाङ कथानक चलचित्र ‘ग्याल्बो राजा’मा समाबेश भएको दुइटा गीत सार्वजनिक भएको  छ।

 शिक्षा , विज्ञान तथा प्रविधि राज्य मन्त्री माननीय प्रमिला कुमारीको प्रमुख आतिथ्यतमा शनिवार चलचित्र विकास बोर्डमा एक बिशेष समारोह बीच उक्त  चलचित्रको दुइटा गीत सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । 

‘ङादा माया लाउ या आलाउ’ गीतको शब्द कुमार स्याङ्बा‚ स्वर निमा दोङ र रचना रिमालको रहेका छन् । त्यस्तै सङ्गीत निमा दोङकै रहेको छ । गीतको कोरियोग्राफर उत्तम श्रेष्ठ ‘शिशिर’‚ सागर गोले र फिचरिङमा नायक विनायक तामाङ‚ नायिका सङ्गीता तितुङ र रेशमकुमार स्याउली तामाङ लगायत रहेका छन् । यस्तै ‘डम्फु’ शिर्षकको गीतमा स्वर र सङ्गीत गायक तथा सङ्गीतकार विश्व दोङको रहेको छ । त्यस्तै शब्द कुमार स्याङ्बा रहेको छ ।

कार्यक्रमलाई सम्बोधन बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले नेपाली भाषामा मात्र नभएर हरेक भाषाको चलचित्र निर्माण गर्न आवश्यक रहेको बताएकी थिइन् ।

कार्यक्रमबाट चलचित्र क्षेत्रमा योगदान पुर्‍याउनु भएका १३ विधामा  सम्मान गरिएको  थियोे भने ४दर्जन बढी व्यक्तिहरूलाई  कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

चलचित्रको निर्देशक विनायक तामाङले गरेका हुने भने सह निर्माता किताबसिंह घलान ‘किरण’ रहेका छन् । चलचित्रको सम्पादन बन्दे प्रसाद र छायाङ्कन सन्चु थोकर र सह–छायाङ्कनमा रेशमकुमार स्याउली तामाङले गरेका हुन् ।

चलचित्रको कथा सङ्गीत तितुङको रहेका छन् भने नायक विनायक तामाङ‚ नायिका सङ्गीता तितुङ लगायतको मुख्य भूमिका रहेका छन् ।

तामाङ चलचित्र  ग्याल्ब‍ो (राजा) तामाङ र नेपाली भाषा गरि  दुई भाषामा निर्माण गरिएको छन्  । उक्त  चलचित्र २०८१ वैशाख १५ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन मिति तय भएको छ ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र  महासंघ अध्यक्ष पुर्खजित राई‚नेपाल तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तान, राष्ट्रिय तामाङ घेदुङका संगठन विभाग कान्छा लामा ( विकास ब्लोन) विभिन्न संघ, संस्थाका अतिथि र  कलाकारहरू लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा चलचित्रका लेखक एवं नायिका सङ्गीता तितुङ्ग तामाङको अध्यक्षता सम्पन्न  कार्यक्रम पत्रकार सुदिन दोङले सञ्चालन गरेको थिए।

फाेटाेमा हेर्नुहाेस्...

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ मा समाबेश दुइटा गीत सार्वजनिक(वैशाख १५ गते प्रदर्शन हुने)

Comments

ताजा खबर