“यो हाम्रो ल्होछार मेलामा” सार्वजनिक


माघ १२, २०८०, शुक्रबार | दिउँसो ०३:५१ बजे | 25


“यो हाम्रो ल्होछार मेलामा” सार्वजनिक

काठमाडौँ । तामाङ सेलो “यो हाम्रो ल्होछार मेलामा” बोलको गीत शुक्रबार सार्वजनिक भएको छ ।
गीतमा पुरुष भोकल प्रकाश वाईवाको रहेको छ । जसमा म्युजिक अनिश योञ्जन, एरेन्ज मिक्सिङ सुन्दर लामाले गरेका छन् । गीतको अभिनयमा अमिर दोङ, अनिता बल, संजिव गोले, सुनिता वाइवाको मुख्य भूमिका रहेको छ ।
पछिल्लो समय तामाङ सेलो गीतहरु विशेष गरी ल्होछार पर्वलाई समेटिएर बनाएका गीतहरुले बजारको माहोल तताएको छ । त्यस्तैगरी यो हाम्रो ल्होछार मेलामा बोलको गीतको डिरेक्टर अमिर दोङ् रहेका छन् भने कोरियोग्राफरमा नरेन मोकतान्को भूमिका रहेको छ ।

Comments