ङे ङेङापा झ्य या दरवार चाल रे हनं स्व वाने नु


माघ ९, २०८०, मङ्गलबार | दिउँसो ०३:१७ बजे | 75


ङे ङेङापा झ्य या दरवार चाल रे हनं स्व वाने नु

ङे ङेङापा झ्य या दरवार चाल रे हनं
स्व वाने नु रे य मै खपेया लायकु छेँ....
         लोकप्रिय गायक सत्यनारायण मानन्धरको गायन, जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचना गर्नुभएको यो नेपाल भाषामा गाइएको गितमा बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यले सँगित भर्नुभएको छ । लोकप्रिय निर्देशक बिश्वास बज्राचार्यको निर्देशनमा करिब ४०० बर्ष अघिको राजा भुपतिन्द्र मल्लले आफ्नो छोराको दुलही भित्याउन निर्माण गर्न लगाएको ङेङापा झ्य दरवार (पचपन्न झ्याल दरवार),  राजकुमार रणजित मल्ल र भारतको बेतियाकी राजकुमारी बृद्धिलक्ष्मीबिच विवाह अघिको प्रेमका प्रसँगहरु प्रस्तुत गर्दै भक्तपुरको ऐतिहासिकतासँग जोडिएर यस गितको आकर्षक म्युजिक भिडियो तयार गरिएको छ ।
यस गित र म्युजिक भिडियोको हालै भव्य समारोहकाबीच भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिबाट लोकार्पण भइसकेको छ । लोकार्पणपछि रेडियो, टेलिभिजन, फेसबुक र युट्युबमा करिब २ महिनाको छोटो अवधिभित्र नै २ लाख १४ हजार भन्दा बढी श्रोता तथा दर्शक (भ्युअर्स) हरुले अवलोकन गरी निक्कै मन पराइएको नेपाल भाषाको गित र म्युजिक भिडियोको रुपमा परिचित हुँदै गरेको देखिन्छ ।
            म्यूजिक भिडियोका निर्देशक बिश्वास बजाचार्य तथा निर्माता रजनी केसी मानन्धरको संयोजनमा संचारका विभिन्न माध्यमका संवाहकहरु (पत्रकार, फोटोपत्रकार, टेलिभिजनकर्मी), गायक सत्यनारायण मानन्धर, नायिका रोजिना सुवाल, देबचन्द्र बज्राचार्य र लक्ष्मण पलिखेलहरुबिच एक छलफल कार्यक्रम सम्पन्न भयो । उक्त छलफलमा गित संगित, गायन तथा म्युजिक भिडियोको उत्पादन, ऐतिहासिक साँस्कृतिक महत्व आदि विविध पक्षहरुको समिक्षा मुल्याङ्कन गरियो ।
उक्त कार्यक्रमबाट यो गित र म्युजिक भिडियोलाई अझ धेरै दर्शक र श्रोता सामु पुयाउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने तय गरियो । यस प्रकारका उत्कृष्ट सृजनाहरुले हाम्रो ऐतिहासिक मौलिक संस्कृति, भाषाको आदिको संरक्षण सम्बर्द्धनको लागि योगदान पुयाउने गरेको मूल्याङ्कन गर्नुका साथै आगामी दिनहरुमा पनि यस्तै प्रकारका गित संगित र म्यूजिक भिडियोहरु निर्माण हुनुपर्ने निष्कर्ष र सुझाब प्रस्तुत गर्दै धन्यवाद सहित छलफल समापन गरियो ।

फाेटाेमा हेर्नुहाेस्...

ङे ङेङापा झ्य या दरवार चाल रे हनं स्व वाने नु

Comments