राप्रपाका अध्यक्ष थापालाई कोरोना संक्रमण
असोज २९, २०७७, बिहीबार | दिउँसो ०३:२२ बजे | 25
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्। बुधबार सामान्य रुपमा टाउको दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो।
थापाले ट्विटरमार्फत आफ्नो अवस्था सामान्य रहेको जानकारी दिएका छन्। यस्तै, उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह पनि गरेका छन्।