भक्तपुरमा थप एक सय ३४ जना कोरोना संक्रमित


असोज २९, २०७७, बिहीबार | विहान ११:१३ बजे | 25



काठमाडौं । पछिल्लो २४ घन्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी जम्मा १९ सय ३५ संक्रमित थपिएका छन्।
नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९ सय ३५ संक्रमित थपिएका छन्। बिहिबार देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।
आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको

Comments