चित्रविचित्र
असोज २९, २०७७, बिहीबार | विहान ०२:५२ बजे | 40
डा इन्दुल केसी, भक्तपुर
नैतिकताको पाठ सिकाउने अगुवाहरु नै यहाँं
अनैतिकताको आहालमा चुर्लुम्व दुविरहेका छन् । १शव्दकोषले परिभाषित शव्दहरुको अर्थ नै
परिवर्तन हुन थाल्नु यहाँं घोर अनर्थ । २
मातृदेवी भब पितृदेवी भब भन्ने
आदर्शका उक्तिहरु अव कहाँं लागू छन् ? ३
यत्रतत्र काउसो काँंडाको खेती मौलाउँंदैछ
तव तुल्सीको सुगन्धको अभिलाषा व्यर्थ । ४
समय परिवर्तनशिल शाश्वत हो भनी
अप्राकृतिक क्रियाकर्महरुको मुकदर्शक हुनु ? ५
बाक्लो बहिरा कानहरुको नजिकै
सत्य कुराको शंख फुक्नुको के अर्थ ? ६
मिति २०७७ वडादसैं, नेपाल