भक्तपुरमा थप १ सय २ जना कोरोना संक्रमित


असोज २८, २०७७, बुधबार | दिउँसो ०३:१८ बजे | 5


काठमाडौं । काठमाडौं उपत्यकामा ९ सय ९६ जना थपिएका छन्। यस्तै भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा दुई हजार ६ सय ३८ संक्रमित थपिएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ पुगेको छ।
योसँगै काठमाडौं उपत्यकामा एक हजार चार सय तीनजना संक्रमित थपिएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा दुई हजार एक सय ७४ जनाले कोरोना जितेका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ।

Comments