आज बाह्रमासे धून लाइभ प्रस्तुति
पुष २४, २०८०, मङ्गलबार | विहान ०५:१० बजे | 40
ललितपुर । प्रोजेक्ट बाजा नेपालले काठमाडौं उपत्यका तथा नेवार समुदायले बाह्र महिनामा गाउँदै बजाउँदै आएको लोक गीत, धून तथा नृत्यको समायोजना बाह्रमासे धून लाइभ प्रस्तुति तथा यसको महत्व उजागर गर्ने वृत्तचित्र प्रेमियर गर्ने भएको छ । कार्यक्रम आज मंगलबार साँंझ ५ बजे ललितपुरमा हुने छ ।
सरोदवादक सुरेशराज बज्राचार्य, गायक सुमन कपाली, बेलावादक मिलन तण्डुकार, खिं, तबला, मादलवादक लक्ष्मी डंगोल, बेस गितार वादक फिरोज बज्राचार्य, खिं, धाः, नायःखिं, मादलवादक विपु श्रेष्ठ, बाँसुरीवादक स्वर्णिम महर्जन, सारंगीवादक किरण महर्जन, इफेक्टस्मा सनिष श्रेष्ठ, लक्की महर्जन, नगरावादक रोबितमान तुलाधर, गितारवादक सुजन डंगोल लगायतका कलाकारहरुको सहभागितामा सांगीतिक प्रस्तुति हुनेछ भने वृत्तचित्र यिनै धूनहरुको बारेमा गहिरो अध्ययनसाथ ओबाशो फिल्मस्ले तयार पारेको हो । यसको निर्देशक आवाशो शाक्य हुनुहुन्छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्य, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा भक्तपुर नगरपालिकाकाका उपप्रमुख रजनी जोशीको विशेष आतिथ्यमा कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रममा समाचार संकलन गरी नेपालको परम्परागत संगीतको प्रवद्र्धनमा हुने जनाइएको छ ।
विश्व संगीत मञ्चमा नेपालको संगीत परम्पराको पृथक महत्व व पहिचान रहेको सर्वविदितै छ । यति भइकन पनि प्रवद्र्धनको अभावका लागि ब्यापकता आउन सकेको छैन । ब्यापकता नआउनु भनेको संकुचन हुँदै जानु हो, जुन सम्पूर्ण नेपालीका लागि चिन्ताको विषय हो । चिन्तनको अभावमा कयौं लोक संगीतहरु जनजीवनबाट हराइसकेका छन् भने कयौं हराउने अवस्थामा पुगीरहेको छ ।
यही परिस्थिति रोक्न नयाँ पुस्तालाई समेत ध्यानमा राखी परम्परागत वाद्य परम्परा एवं संगीत एवं गीतको संरक्षण गर्नुका साथै ब्यापकताका लागि समेत क्रियाशील रहँदै आएको संस्था हो प्रोजेक्ट बाजा नेपाल, संस्थाद्धारा जारी निमन्त्रणामा लेखिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...