पुस २७ गते भक्तपुर साङ्गितिकमय हुने


पुष २१, २०८०, शनिबार | दिउँसो ०३:२९ बजे | 45


पुस २७ गते भक्तपुर साङ्गितिकमय हुने

बाबुकाजी श्रेष्ठ– पुस २७ गते भक्तपुरमा साङ्गितिकमय हुने भएको छ । आज विराट नेपालभाषा साहित्य सम्मेलन गुथिद्वारा कार्यक्रममा गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिनुभयो ।
भक्तपुरका विभिन्न साहित्यकार, कलाकार, संगीतकार एवं गायकारहरुको छलफल कार्यक्रममा पुस २७ गते स्टार बैंक्वेट साङ्गितिक कार्यक्रम हुने बताएको छ । उपत्यकाका विभिन्न जिल्लाहरुबाट गीतकार, गायकार एवं कलाकारहरुको प्रस्तुत रहने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
गुथिका सचिव प्रदिप शाक्यले कार्यक्रममा सहभागी हुन रू. ६ सयको टिकट पनि वितरण भइरहेको जानकारी दिंदै सम्पूर्ण महानुभावहरु सहभागी हुन आग्रह गर्नुभयो ।
विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरको ऐतिहासिक संस्थाको रुपमा रहेको छ । गुथिले प्रत्येक वर्ष विराट नेपालभाषा साहित्य सम्मेलन गर्दै आएको छ ।

Comments