अनि नारायणगोपालसँग रानीको लभ परेको चर्चा चल्यो ......


पुष १९, २०८०, बिहीबार | दिउँसो १२:१० बजे | 60


अनि नारायणगोपालसँग रानीको लभ परेको चर्चा चल्यो ......

रानी ऐश्वर्यसँग नारायणगोपालको सम्बन्ध
राजपरिवारसँगको सम्बन्ध राम्रो भएकाले नारायण दाइ राजदरबारमा गीत गाउन जानुहुन्थ्यो। त्यति बेला दरबारमा रमाइलोका लागि दाइ लगायतका कलाकारलाई दरबारमा गीत गाउन बोलाउँथे। त्यो बेलामा दाइ र रानीको लभ परेको चर्चा चल्यो।
राजपरिवारले बोलाएपछि ‘नाइँ’ भन्ने कुरा भएन। त्यहाँ गएर गीत गाउने रैछ अनि रानी पनि त्यहिँ अगाडि हुनुहुँदोरहेछ। रानीले आफ्नो गीत गाउन नारायण दाइलाई अनुरोध गर्नुहुँदो रैछ। तर, दाइले मान्नुभएनछ। अन्त्यमा ‘एउटा मान्छेको मायाले...’ गीत गाउनुभएछ।
गीतको विषयलाई पछि उछालेर लभ पर्यो भनेर हल्ला चलाएछन्। तर त्यस्तो केही हैन। त्यो हल्ला मात्र हो।
राजारानी आफ्नै स्टायलमा बसिरहेको हुन्छन्। ‘के छ नारायण जी?’ भन्दा ‘ठिकै छ सरकार’ भन्ने न हो। ‘ल आज खाना सँगै खाऊँ’ भन्दा नाइँ भन्न पनि सकिँदैनथ्यो। सँगै बसेर खाना पनि खानुभो रे। उनीहरूको खाना पनि एकदमै साधारण नै हुन्थ्यो रे।
राजा भन्ने बितिक्कै ८४ व्यञ्जन खाना खाने हैनन् उनीहरू। हामी त पिजा, बर्गर अनेक–अनेक खानेकुराहरू खान्छौँ नि, उनीहरू त्यस्तो पनि खाँदैनन् रे। पाहुनालाई पनि आफूले जे खायो त्यहि खुवाउने रे। मैले थाहा पाउँदा गीत गाएर घरमा फर्किसकेपछि पारिश्रमिक भने घरमै पठाइदिन्थे राजपरिवारले । उकेराबाट
(स्वर्गीय स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यका भाइसँंगको कुराकानीमा अधारित)

Comments