यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित
असोज २७, २०७७, मङ्गलबार | दिउँसो ०१:४५ बजे | 25
भक्तपुर । आज पनि भक्तपुर जिल्लामा कोरोना भाईरसको संक्रमित बिरामीको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज असोज २७ गते मंगलबार १६७ जना संक्रमित संख्या जनाए पनि १४८ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसअनुसार मध्यपुर थिमिको शंखधरचोक, गठ्ठाघर,कमेरोटार, लौहकन्थली, धुन्चोपाखा, नगदेश, बोडे, निकोसेरा, वडा नं.६लगायतका स्थानमा (३१पुरूष र २७ महिला) गरि ५८ जना, भक्तपुर नगरपालिकामा (१७पुरूषर२४ महिला) गरि ४१जना, चागुनारायण नगरपालिकामा (८पुरूष र १०महिला) गरि १८ जना, सुर्यबिनायक नगरपालिकामा (१४ पुरूष र १२ महिला) गरि २६ जना र ५जनासंग सम्पर्कको प्रयास भईरहेको जनाएको छ ।