भक्तपुरको इनाचो मुनिविहारले गरयो पत्रकार भेटघाट
मंसिर २०, २०८०, बुधबार | विहान १०:४७ बजे | 40
भक्तपुर । इनाचो मुनिविहार भक्तपुरमा २४ जिल्लाका ७८ जना श्रामणेर (गृहस्थ त्याग गरेर बौद्ध जीवनमा आएका)हरु रहेका छन् । विहारका प्रमुख भिक्षु विपस्सी भन्तेले बुधबार पत्रकारहरुसँंगको भेटघाटमा दुर्गम जिल्लाकादेखि भक्तपुरसम्मका गरी कुल ७८ जना श्रामणेरहरु अहिले विहारमा रहेको बताए । आठ वर्षदेखि २० वर्षसम्मका उनीहरु त्यही विहारमै वस्छन् । दिउँंसो भने उनीहरु नजिकका सरकारी स्कुलहरुमा पढ्न जान्छन् । श्रामणेरहरु यसरी बसोबास गर्ने विहार सम्भबत ः यो जिल्लाकै एउटै विहार हो ।
भेटघाटमा भिक्षु विपस्सीले यी वालवालिकाहरुले बिहारमा बौद्ध शिक्षाका साथै नजिकैको स्कुलहरुमा पुगेर औपचारिक शिक्षा लिने गरेको जनाए । घर गृहस्थी त्यागेर भिक्षु जीवन विताउन चाहनेहरु विभिन्न जिल्लाहरुबाट आएर विहारमा वस्न आउने गरेको उनले सुनाए । बालबालिकाहरुको इच्छा अनुसार अभिभावकहरुले विहार ल्याएर राखेपछि हामी ती वालबालिकाहरुलाई पढाईलेखाई गराउनेदेखि बौद्ध शिक्षा पनि दिन्छौं, उनले भने, त्यसबापत उनीहरुले कुनै शुल्क तिर्नु पर्दैन ।
२०१० सालमा एकजना व्यक्तिले दान गरेको हाल भक्तपुर नगरपालिका वडा नं ७ इनाचोमा रहेको यो विहार हाल साढे तीन रोपनीको क्षेत्रफलमा फैलिएको छ । विहारमा रहेका श्रामणेरहरुको जीवन त्यहाँं दान गर्न आउनेहरुबाट चलेको छ । त्यहाँं दैनिक भोजनलगायत आफूखुशी अन्य दान गर्नेहरुबाट यो विहार सञ्चालनमा रहेको छ । विहारमा ठूलो बुद्धको मूर्ति पनि रहेको छ । जिल्लामा रहेका एक दर्जन विहारहरुमध्ये यो नै सवैभन्दा ठूलो विहार हो ।
फाेटाेमा हेर्नुहाेस्...