धर्म संवेगपूर्ण श्रद्धाञ्जली सभा


असार २३, २०८३, मङ्गलबार | राति ०९:४० बजे | 70


धर्म संवेगपूर्ण श्रद्धाञ्जली सभा

थेरवाद बुद्धिष्ट एकेडेमीका प्राचार्य, प्राज्ञिक व्यक्तित्व, परियत्ति शिक्षा अभियन्ता, अनुसन्धान कर्ता, बौद्ध साहित्यका साधक, वरिष्ठ बौद्ध विद्वान मूर्तिकार एवं बहुआयामिक व्यक्तित्व दिवंगत प्रा..डा.महेन्द्ररत्न शाक्यको "धर्म संवेगपूर्ण श्रद्धाञ्जली सभा" थेरवाद बुद्धिष्ट एकेडेमीका अध्यक्ष भिक्षु निग्रोध महास्थविरको सभापतित्वमा विश्व शान्ति विहारमा सम्पन्न भयो । श्रद्धाञ्जली सभा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष फ्राखु विशाल धम्मशोभन महास्थविरज्यू पञ्चशील प्रदान गर्नु साथै भिक्षुसंघले "अनित्य भावना" पाठ गर्नुभयो । विशिष्ट अतिथिमा रहनुभएका पूर्व प्रधानमन्त्री समाननिय झलनाथ खनालले दिवंगत डा.महेन्द्ररत्न शाक्यको मृदुवचन र व्यवहार स्मरण गर्नुभयो । साथै बुद्धको शिक्षा नेपाली ब्राह्मण पञ्च भद्रिय भिक्षुबाट प्रचार भएको र यस अर्थमा बुद्ध धर्मको प्रचार नेपालबाट सारा विश्व प्रचारप्रसार भयो । देशको सम्बृद्धि र विकासको लागि बुद्धको शिक्षा आवश्यक रहेको र औपचारिक रूपले प्रारम्भिक देखि पञ्चशीलका कुराहरू सिकाउने पर्ने बताउनुभयो । कार्यक्रममा दिवंगत डा. महेन्द्ररत्न शाक्य द्वारा लिखित "अभिधर्म-चेतसिकको परिचय" विमोचन गरिएको थियोे । बौद्ध विदुषि अमिता धाख्वाले डा.महेन्द्ररत्न शाक्यको जीवनी बताउनु भयो । लोटस कलेजका प्राचार्य विरकाजी शाक्य, अक्षेश्वर कलेजका प्राचार्य नरेश शाक्य, अध्यापक मदनरत्न मानन्धर, बिद्यार्थी बिद्यालक्ष्मी बज्राचार्य, सुष्मा बज्राचार्य, शोक मन्तव्य दिनुभयो । महाबिद्यालय, पाली जागरण बाट शोकपत्र बाचन गरिएको थियो । डा. महेन्द्ररत्न शाक्यकि धर्मपत्नी चन्द्रदेवी शाक्यले आफ्नो श्रीमान बितेकोमा सात्वना दिनुहुने सबैलाई धन्यवाद दिनुभयो । डा.महेन्द्ररत्न शाक्यको दुई छोरा र एक छोरी छन् । श्रद्धाञ्जली कार्यक्रममा भिक्षुसंघ, अनागारिका संघ, पूर्व मन्त्रीहरू तथा विशिष्ट व्यक्तहरूको उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रममा सभापति निग्रोध महास्थविरले रिक्त रहेको प्राचार्य डा.त्रिरत्न मानन्धरलाई नियुक्ति घोषणा गरिएको थियो । पुन्यानुमोदन पश्चात् थेरवाद बुद्धिष्ट एकेडेमीका नयाँ प्राचार्य डा. त्रिरत्न मानन्धरलाई नियुक्ति तथा पदभार गरिएको थियोे ।

Comments