बर्माबाट फर्केर भक्तपुरको जंगलमा एकान्त बास
मंसिर १६, २०८०, शनिबार | दिउँसो ०३:२२ बजे | 85
भक्तपुर । सवैतिर जंगलैजंगल । वीचमा एउटा सामुदायिक भबन । बस्ती पुग्न अलि तलै पुग्नुपर्छ । माथि भने जंगल नै ।
यस्तै वातावरणको एकान्तबासमा हुनुहुन्छ, एकजना २९ वर्षीय भिक्षु अत्थदसी । उहाँं भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ गुम्वाडाँंडाको नैचालमा वस्नुहुन्छ ।
विहानै उहाँं भोजन गर्नुहुन्छ, गाउँंकै एकघरबाट पाएको भिक्षादानस्वरुप । त्यसपछि माथि जंगलतिर जानुहुन्छ । दिनभरि ध्यान वस्नुहुन्छ । साँंझपख फर्कनुहुन्छ र त्यही सामुदायिक घरमा एक्लै वस्नुहुन्छ । उहाँं दिनमा विहान मात्रै एकछाक खानुहुन्छ ।
उहाँंका अनुसार विहानको भोजनका लागि गाउँंलेले पालो मिलाएका छन् । दिनमा एउटा घरले मलाई विहान निःशुल्क रुपमा दाल, भात दिनुहुन्छ, क्यालेण्डर देखाउँंदै उहांँले भन्नुभयो, त्यही क्यालेण्डर अनुसार दिनमा एउटा घरले मलाई भोजन दिनुहुन्छ ।
उहाँंका अनुसार उहाँं आएर त्यहाँं वस्न थाल्नुभएको दुई तीन दिन मात्रै भयो । यसअघि उहाँ बर्मामा वस्नुहुन्थ्यो । वर्माबाट फर्केर उहाँं त्यहाँं वस्न आउनुभएको हो ।
वर्माबाट फर्केपछि उहाँं यसरी नै एक्लै वस्ने एकान्त ठाउँंको खोजीमा हुनुहुन्थ्यो । त्यसपछि एकजनाको सम्पर्कबाट यहाँं ठाउँं पता लागेको हो । अहिले गाउँंलेहरु उहाँंलाई आफनो पालो कहिले आउँंला र एकछाक भोजन दिन पाउँंला भन्ने पर्खाइमा छन् ।
उहाँंका अनुसारं कक्षा १२ पास भएपछि इन्जिनियरिंगको पढाईको क्रममा थियो । तर इन्जिनियरिंग पढन छोडेर भिक्षु वन्नतिर लाग्नुभयो । उहाँं काठमाडौंकै बासिन्दा हुनुहुन्छ । त्यही जन्मे हुर्केर १९ वर्षपछि गृहस्थी जीवन त्याग गर्नुभएको थियो ।
गृहस्थी जीवन त्यागेर उहाँं बर्मा जानुभयो । त्यहाँं गुरुसँंग रहेर पाँंच वर्ष बौद्ध शिक्षा पाउनुभयो । अहिले पाँंचवर्ष स्वअध्ययनमा रहने उहाँंको इच्छा छ । त्यसपछि बुद्ध धर्मको प्रचारप्रसारमा गुरु बनेर हिड्ने इच्छा उहाँं व्यक्त गर्नुहुन्छ ।
फाेटाेमा हेर्नुहाेस्...