दुर्गा प्रसाईको विरोध प्रदर्शन भोलि भक्तपुरमा
मंसिर १४, २०८०, बिहीबार | दिउँसो ०१:५१ बजे | 70
भक्तपुर । अभियन्ता दुर्गा प्रसाईको विरोध प्रदर्शन शुक्रबार भक्तपुरमा हुने भएको छ । शुक्रबार विहान ११ बजे सिद्धपोखरी दुधपाटी चोकमा हुने जनाइएको छ ।
मंसिर ७ गते काठमाडौंबाट प्रदर्शन सुरु गरेका प्रसाईले दैनिक राजधानीका ठाउँंठाउँंमा प्रदर्शन गरिरहेका छन् । यसस्वरुप काठमाडौंसँंग जोडिएको भक्तपुरमा प्रदर्शन गर्न लागिएको हो ।
प्रसाईको निवास पनि भक्तपुर नै हो । उनी भक्तपुरको मध्यपुर थिमि नगरपालिका निकोसेरा माथिको मध्यपुर थिमि जाने उकालोमा घर छ । साथै उनको भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक नजिकै ठूलो क्षेत्रफलमा सूर्यविनायक हरित कृषि तरकारी बजार पनि छ ।
फाेटाेमा हेर्नुहाेस्...