भोलि लगनखेलबाट दिउँंसो १ बजे जुलुश हुने
मंसिर १४, २०८०, बिहीबार | विहान ११:१६ बजे | 55
भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघको आयोजनामा भोलि मंसिर १५ गते शुक्रबार दिनको १ बजे लगनखेलबाट जुलुश निकालिने भएको छ । ईजरायलले प्यालेस्टाइनबिरूद्ध छेडेको नरसंहारकारी युद्धको विरोधमा जुलुस हुने भएको जनाइएको छ । आयोजकले सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतासँंगा अनुरोध गरेको छ ।