भोलि भक्तपुरमा जनसभा हुने (निमन्त्रणासहित)
मंसिर १२, २०८०, मङ्गलबार | विहान ०६:४४ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ६ को कार्यालय भोलाछें भक्तपुरको आयोजनामा भोलि बुधबार साँंझ भक्तपुरमा जनसभा हुने भएको छ । जनसभा साँंझ साढे चार बजे वडाकै मुलाछेंमा हुने जनाइएको छ ।
जनसभाको प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाको गतिविधि र समसामयिक विषयमा जनसभा भनिएको छ । तर पछिल्लो वर्षदेखि विवादको रुपमा रहँंदै आएको देको इतापाके जग्गा एकीकरण आयोजना सम्वन्धी नगरपालिकाको धारणा सार्वजनिक गर्न गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
यो आयोजनामा विशेष गरी भक्तपुर नगरपालिका वडा नं २ व्यासी र वडा नं ६ भोलाछेंबासीको जग्गा रहेका छन् । त्यसकारण वडा नं ६ भोलाछेबासीलाई नगरपालिकाको भनाई राखेर फिजाइएको गलत हल्लाहरुबारे स्पष्ट पार्न कार्यक्रमको आयोजना गरिएको अनुमान छ । यसअघि नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं २ व्यासीमा पनि यस्तै जनसभा गरेको थियो ।
पछिल्लो पटक आयोजना पीडितहरुले मेयरलाई खुल्ला चुनौती भनी सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रचारप्रसार गरिरहेका छन् । नगरपालिकाले संचालन गरेको देको मिवा इतापाके जग्गा एकीकरण आयाजनामा ब्याप्त अनियमितता, नीतिगत भ्रष्टाचार, ढिलासुस्ती, पूर्वाग्रहि जग्गा वितरण, जथाभावी जग्गा कटौटी, अचाक्ली मूल्यांकन, कर्मचारी मेयर वडाध्यक्ष उपभोक्ता समितिको गैरजिम्मेवारीपन, जवर्जस्ती उठिबासलगायतको बिरुद्ध भन्दै संघर्ष समितिले यस विषयमा खुल्ला छलफल गर्न मेयरलाई चुनौती दिंदै आएका छन् । संघर्ष समितिले बिगत ३ बर्षदेखि निरन्तर संघर्ष गरिरहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...