मानन्धरको ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक


मंसिर ११, २०८०, सोमबार | विहान ०९:५५ बजे | 55


मानन्धरको ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालभाषाको गीत ‘ङेङापा झ्यया दरबार’ बोलको म्युजिक भिडियो सोमबार एक समारोहबीच सार्वजनिकीकरण गर्नुभएको छ । 
जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीतमा निर्माण भएको उक्त म्युजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले व्यापक जनताको पक्षमा साहित्य लेख्नु नै साहित्यकारहरुको प्रगतिशील कदम हुने बताउनुभयो । 
जनताका लागि बोलिदिने साहित्य र जनताको पक्षमा लेखिने साहित्य नै जनताको साहित्य हुने बताउँदै उहाँले समाज परिवर्तन गर्ने सोचलाई अगाडि बढाउन जनताको साहित्यलाई अगाडि बढाउनुपर्छ भन्नुभयो ।
गीत संगीतको माध्यमबाट पनि जनताको सेवा गर्न सकिने सन्देश दिन सन्देशमूलक साहित्यले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रमुख प्रजापतिले सांस्कृतिक र पुरातात्विक हिसाबले महत्वपूर्ण सम्पदा संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो ।
ङेङापा झ्यो म्युजिक भिडियोले विश्व प्रसिद्ध ५५ झ्याल दरबारको प्रचार प्रसार हुने र त्यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।
भक्तपुर नपाले यहाँका सम्पदाहरुको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिन सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गरी पठनपाठन गर्दै आएको बताउँदै उहाँले साहित्यलाई समाज परिवर्तनको निम्ति सशक्त हतियारको रुपमा प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् जनकवि दुर्गालाल श्रेष्ठले भाषाको महत्वलाई गम्भीर रुपमा मनन गर्नुपर्ने बताउँदै नेपालभाषा साहित्यिक दृष्टिले पनि निकै समृद्ध भाषा रहेको बताउनुभयो ।
स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीले ङेङापा झ्य दरबारसम्बन्धी गीत ऐतिहासिक र सन्देशमूलक भएको बताउँदै समय समयमा पुराना सम्पदाहरुको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
इतिहास र संस्कृतिका अनुसन्धानकर्ता ओम धौभडेलले ङेङापा झ्यया दरबारको पृष्ठभूमिबारे प्रष्ट पार्दै नेवा संस्कृतिको अध्ययनको निम्ति यो ऐतिहासिक गीतले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।¬
त्यस्तै म्युजिक भिडियोका निर्माता रजनी केसी मानन्धरले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा ‘ङेङापा झ्यया दरबार’ नामक म्युजिक भिडियोका गायक सत्यनारायण मानन्धर, निर्देशक विश्वास बज्राचार्य, नेवा देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, कवि विप्लप प्रतिक, लेखक प्रकाश सायमी, संगितकार लक्ष्मण पलिखेलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले म्युजिक भिडियोका सम्पूर्ण टीमलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

मानन्धरको ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक
मानन्धरको ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक
मानन्धरको ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक

Comments