भोलिदेखि धार्मिक महोत्सव २०८० हुने
मंसिर १०, २०८०, आइतबार | दिउँसो १२:५८ बजे | 60
काठमाडौं । भोलिदेखि राजधानीमा धार्मिक महोत्सव हुने भएको छ । छक्कु बक्कु भगवती मन्दिर नयाँंवानेश्वर काठमाडौंमा महोत्सव हुने भएको हो । अग्रज समाज नेपाल एवं जेष्ठ नागरिक समाज सुधार केन्द्रको संयुक्त आयोजनामा श्रीमद् भागबत सप्ताह महायज्ञ धार्मिक महोत्सव २०८० हुने भएको हो । महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ ।