प्रशिक्षार्थीहरूको नियमित अनुगमन रजिष्ट्रार कार्यालयले गर्ने
मंसिर ९, २०८०, शनिबार | विहान १०:४१ बजे | 45
रामेश्वर मचामसी
मंसिर ९, धुलिखेल । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार तथा रजिष्ट्रारको कार्यालय हेटौंडा मकवानपुरको आयोजनामा भएको पाँच दिने आवसीय अनलाइन पत्रकारिता तालिम शनिबार सम्पन्न भयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि सञ्चार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रेवती प्रसाद सापकोटाले तालिमबाट नयाँ कुरा सिकेको विश्वास व्यक्त गर्नुहुँदै तालिमबाट जति पनि कुराहरू सिकेको हो त्यसलाई आफ्नो क्षेत्रमा इमानदारिताका साथ प्रयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले तालिमबाट बाहिर गइसकेपछि पनि बढीभन्दा बढी कुराहरू सिक्नुपर्ने र तालिममा सहभागीहरूले सिकेर उपयोग गरिरहेको सिपको अनुगमन नियमित रूपमा सञ्चार रजिष्ट्रार कार्यालयबाट गरिरहने पनि बताउनुभयो ।
पत्रकारिता सिमित क्षेत्रको लागि मात्र नभएर विशाल क्षेत्रको लागि भएको हुँदा पत्रकारले स्थानीय मात्र होइन आफ्नो प्रभावलाई विशाल बनाउनुपर्ने सुझाव रजिष्ट्रार सापकोटाले दिनुभयो ।
मंसिर ५ गतेदेखि धुलिखेलमा भएको तालिममा बागमती प्रदेशमा क्रियाशील ४ महिला र १९ पुरूष गरी जम्मा २३ पत्रकारहरूको सहभागिता रहेको तालिममा प्रशिक्षकद्वय प्रवेश सुवेदी र विनोद ढुङ्गेलले प्रशिक्षण दिनुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...