ब्यासी सांस्कृतिक समूहका कलाकारलाई प्रमाणपत्र वितरण


मंसिर ८, २०८०, शुक्रबार | दिउँसो ०३:०८ बजे | 35


ब्यासी सांस्कृतिक समूहका कलाकारलाई प्रमाणपत्र वितरण

भक्तपुर । ब्यासी सांस्कृतिक समूहबाट गाइजात्रा महोत्सव २०८० मा प्रस्तुत  भक्तपुर नगरे मुल्याङ्कनमा पुरस्कृत  समूहका लुसी प्याखँ, लाहुरे प्याखँ र  हुला प्याखँका कलाकारलाई  प्रमाण–पत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव  एवं भक्तपुर क्षेत्र नं १ का माननीय  सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा ब्यासीमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथी प्रेम सुवालले गीत रचना  र साहित्य सिर्जना गर्दा पार्टी  नेमकिपाको प्रकाशन अध्ययन  गर्नुपर्छ । जन भावना नसेमेटीएको साहित्यले  शोषित पीडित जनताको सेवा गर्न सक्दैन । आज प्यालेस्तानी जनताको हत्या अमेरिकी साम्राज्यबादको इशारामा इजरायलले  गदैछ । अरुलाई आपत पर्दा हामीले बिरोध गरे भोली नेपाल माथि बम बारुद खस्दा  पनि मित्र राष्ट्रका जनताले विरोध गर्छ आज विद्यार्थीहरुले प्यालेस्तानी बाल बालिका र जनताको हत्याको विरोधमा भक्तपुरमा जुलुश  प्रदर्शन गर्नु सकारात्मक हो भन्नुभयो ।
स्थानिय समाजसेवी गणेश प्रसाद सुवालले विजयी कलाकारहरुलाई बधाई दिदैं  जनपक्षीय कलाकार उत्पादन  गर्न  र कला संस्कृति साहित्यको माध्यमबाट जनताका समस्या  उजागर गर्न प्रत्येक बर्ष टोलबाट गाइजात्राको अवसरमा  गाइचा प्याखँ र अन्य सांस्कृतिक टोली प्रहसन गरेका बताउनु भयो ।
कार्यक्रमका सभापति ब्यासी सांस्कृतिक समूहका अध्यक्ष राजकुमार लघुले  टोलमा सांस्कृतिक जागरण ल्याउन प्रत्येक बर्ष गाइजात्रा महोत्सवमा  प्रतिस्पधा गरिरहेको हो  भन्दै बिजयी सास्कृतिक विधाका कलाकारहरुलाई बधाई दिनुभयो ।
ब्यासी सांस्कृतिक समूहका कृष्णराम पहिले  कला संस्कृति स्थानियको पहिचाहन हो भन्नुभयो । कार्यक्रममा कलाकार सुन्दर ब्यान्जुले पनि बोल्नु भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

ब्यासी सांस्कृतिक समूहका कलाकारलाई प्रमाणपत्र वितरण

Comments