ससाना विद्यार्थीले भने प्लालेस्टाइनलाई बाँंच्न देउ (तस्वीरहरुसहित)
मंसिर ८, २०८०, शुक्रबार | विहान ११:३५ बजे | 65
भक्तपुर । इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर हमालको विरोधमा शुक्रबार भक्तपुरमा विरोध प्रदर्शन तथा सभा भएको छ । जुलुश दिउँंसो १ बजे कमलविनायकबाट सुरु भएको थियो । जुलुश टौमढीमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी संघ नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश गुरुगले विरोध सभालाई सम्वोधन गरेका थिए । कार्यक्रममा आयोजक हित समिति भक्तपुर जिल्ला समिति दुईजना पदाधिकारीहरुले पनि बोलेका थिए । प्लालेस्टाइनमाथि इजरायली बर्बर हमला तथा नरसंहारविरुद्ध जुलुश तथा सभा गरेको हो ।
(तस्वीरहरु विकुराम तजलेबाट)
फाेटाेमा हेर्नुहाेस्...