भक्तपुरमा विहिबार १३५ जना कोरोना संक्रमित (कहाँकति संक्रमित विवरणसहित)
असोज २२, २०७७, बिहीबार | दिउँसो १२:४८ बजे | 10
भक्तपुरमा विहिबार १३५ जना कोरोना संक्रमित (कहाँकति संक्रमित विवरणसहित)
भक्तपुर । असोज २२ गते बिहिबार आज पनि भक्तपुरमा अप्रत्यासी रूपमा कोरोना भाईरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १३५ जना जनाए पनि १५९ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसअनुसार मध्यपुर थिमिको लौहकन्थली, गठ्ठाघर, बोडे, कौशल्टार, राद्ये राद्ये, दुईपोखरी,मरूटोल, चपाचो, धुन्चोपाखा, दुईपोखरी, चारदोवाटो, सानोठिमीलगायतका स्थानमा (२४ पुरूष र ३०महिला) गरि ५४ जना, भक्तपुर नगरपालिकामा (२२पुरूष र १६महिला) गरि ३८ जना, चागुनारायण नगरपालिकामा (७पुरूष र ७महिला) गरि १४ जना, सुर्यबिनायक नगरपालिकामा (२७ पुरूष र १८ महिला) गरि ४५ जना र ८ जनासंग सम्पर्कको प्रयास भईरहेको जनाएको छ ।