मध्यपुर थिमि नगरपालिकाले मनायो शंखधर दिवस


मंसिर ६, २०८०, बुधबार | दिउँसो ०२:२२ बजे | 95


मध्यपुर थिमि नगरपालिकाले मनायो शंखधर दिवस

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले बुधबार विशेष कार्यक्रम गरी शंखधर दिवस मनाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा दिवस मनाएको हो । दिवसपछि शंखधर साख्वा चोकमा दीपावली पनि गरिएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै अर्थमन्त्री डा महतले श्रृण लिएर बास्तविक रुपमा पीडित भएकाहरुलाई सरकारले सम्वोधन गर्ने बताएका छन् । श्रृण लिएर काम गरेको तर विविध कारणले सफल हुन नसकेकाहरुको पहिचान गरी उनीहरुको लागि सरकारले केही आश्वासन दिएका हुन् । 
मध्यपुर थिमि नगरपालिका भक्तपुरले बुधबार मनाएको शंखधर दिवस कार्यक्रमको उदघाटन गर्दै मन्त्री डा महतले श्रृण लिने तर त्यसको जथाभावी खर्च गरी काम नगर्नेहरुलाई भने कुनै हालतमा बाँंकी नराख्ने बताए । 
श्रृण लिएर वास्तविक पीडितलाई राज्यले हेर्छ, कार्यक्रममा उनले भने, त्यसको लागि गृहकार्य पनि थालेका छौं । राष्ट बैंक वा अरु नीतिमार्फत् कसरी हुन्छ हेरेर सम्वोधन गर्ने उनको भनाई थियो । 
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमिका सभापति हरिदास प्रजापति, जिल्ला समन्वय समितिका सभापति ईश्वर कार्की, इमेज च्यानल मिडियाका अध्यक्ष आरके मानन्धर, राष्टिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले राष्टिय विभूति शंखधर साख्वाका विविध पक्षमा आआफनो धारणा राखेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमि नगरपालिकाले मनायो शंखधर दिवस
मध्यपुर थिमि नगरपालिकाले मनायो शंखधर दिवस

Comments