समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन


मंसिर २, २०८०, शनिबार | विहान १०:३० बजे | 75


समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन

काठमाडौं । युवा समाजसेवी बाबुराम थापाले आफ्नो गृह जिल्ला तेह्रथुममा दिपावली मेला अन्तर्गत मंसीर २ गते देखि ८ गतेसम्म हुने फुटबल प्रतियोगितामा दिइने पुरस्कार रकम प्रायोजन गर्ने भएका हुन् । पछिल्लो ४१ वर्षदेखि निरन्तर हुँदै आएको  दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको श्री पोखरी माविको खेल मैदानमा हुँदैछ । विगत लामो समय देखि समाजसेवामा रहेका थापाले यस अघि पनि पटक–पटक खेलकुद प्रतियोगिताहरुमा पुरस्कार प्रायोजन गर्दै आएका थिए । खेलकुद क्षेत्रमा लागेका युवाहरुमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको थापाले बताए । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य रहेका थापा अखिल नेपाल किसान महासंघका महासचिव पनि हुन् ।

Comments