गुण्डुमा भेला भई रास्वपाको घरदैलो अभियान सुरु
मंसिर २, २०८०, शनिबार | विहान ०३:१५ बजे | 115
भक्तपुर । देशैभरि जस्तै भक्तपुरमा पनि राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान शनिबारदेखि सुरु भएको छ । शनिबार पहिलो दिन सूर्यविनायक नगरपालिकाबाट अभियान थालिएको हो । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु चोकमा ७ बजे भेला भई अभियान थालिएको हो । अभियान सूर्यविनायक नगरपालिका वडा नं १ बाट सुरु गरिएको छ । सूर्यविनायक एमालेको पकडको क्षेत्र हो । त्यसमा पनि गुण्डु एमाले युवा नेता महेश वस्नेतको बसोबास क्षेत्र हो ।
जनतालाई कुरा सुन्न होइन, जनताको कुरा सुन्ने भन्ने उदघोषका साथ घरदैलो सुरु भएको हो । घरदैलो तीनदिनसम्म चलाउने पार्टीको योजना छ ।