भक्तपुरमा ९५ जना कोरोना संक्रमित (कुनकुन ठाउँमा विवरणसहित)
असोज २१, २०७७, बुधबार | दिउँसो ०१:०५ बजे | 0
भक्तपुर । असोज २१ गते बुधबार आज पनि भक्तपुरमा अकल्पनीय रूपमा कोरोना भाईरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ९५ जना बताए पनि १०१ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसअनुसार मध्यपुर थिमिको लौहकन्थली, गठ्ठाघर, बोडे, कौशल्टार, राद्ये राद्ये, दुईपोखरी, नगदेशलगायतका स्थानमा (१६ पुरूष र ८ महिला) गरि २४ जना, भक्तपुर नगरपालिकामा (१३पुरूष र ११महिला) गरि २४ जना, चागुनारायण नगरपालिकामा (५पुरूषर३महिला) गरि ८ जना, सुर्यबिनायक नगरपालिकामा (१८ पुरूष र २० महिला) गरि ३८जना र ७ जनासंग सम्पर्कको प्रयास भईरहेको जनाएको छ ।