इनाचोमा दुलर्भ कठिन चीवर दान (फोटो फिचरसहित)


कार्तिक ३०, २०८०, बिहीबार | विहान ११:५० बजे | 150


इनाचोमा दुलर्भ कठिन चीवर दान (फोटो फिचरसहित)

भक्तपुर । भक्तपुरमा विहीबार भव्य कार्यक्रमवीच कठिन चीवर दान तथा शोभायात्रा भएको छ । सयौ देशीविदेशीहरुका भव्य उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम दिनभर भएको थियो । 
कठिन दाता श्रद्धय भिक्षु समतेच बरधीञाणमुनी (समछाय) तथा थाइ उपासक उपासिकाहरुको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । दानमा थाइल्याण्डका समछायसहित बिभिन्न टोलीहरुबाट एक सय भन्दा वढी उपासक उपासिका तथा सामान्य थाइल्याण्डबासीहरु सहभागी थिए । 
आयोजक मुनि विहार भक्तपुर व्यवस्थापन समितिका उपसचिव शिव वालाका अनुसार विदेशबाट विशिष्ट भिक्षुहरु सहभागी भइ कठिन चीवर दान कार्यक्रम हुन दुर्लभ जस्तै हो । यही दुलर्भ कार्यक्रम भक्तपुरमा भएको हो । 
मुनि विहार दायक सभा भक्तपुर नपा वडा नं ७ इनाचोको आयोजनामा उत्सव भएको हो । कार्यक्रमअघि थाइल्याण्डको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले स्वागत गरेका थिए । यसअघि चीवर शोभायात्रा गरिएको थियो । नगरको खौमाध्वाका (प्रवेशद्धार) नगर परिक्रमा गरी इनाचोस्थित रहेको मुनि विहारमा टोली पुगेको थियो ।
विशला र्बाद्धमार्ग भेला कार्यक्रमको क्रममा प्रमुख अतिथि कठिन दाता श्रद्धय भिक्षु समतेच बरधीञाणमुनी (समछाय)ल कठिन चीवर दान विधि, ओवाद उपदेश दिएका थिए । कार्यक्रमको क्रममा विनयमुख पुस्तक विमोचन गरिएको थियो । साथै रौतहटको चन्द्रपुर १ मा निर्माण हुने गुल्म राजा बुद्ध विहार फरेस्टको शिलान्यास पनि गरिएको थियो । साथसाथै कार्यक्रमस्थलमा बोधीबृक्ष रोपन         (बृक्षारोपण) गरिएका थियो । साथसाथै बरवैरीविनाश भगवानको हस्तान्तरण, नेपाल थाइ मैत्री भबनको उदघाटन गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागी थिए ।   
बताइए अनुसार कठिन चीवर दान एउटा धार्मिक उत्सब हो । यसले बुद्ध सासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरुलाई एक ठाउँमा जम्मा हुने एक बहुमुल्य अवसर प्रदान गर्दछ । यसमा धेरै टाढा टाढाबाट भिक्षुहरु, गुरुआमाहरु, उपासक, उपासिकाहरु एक ठाउँमा जम्मा हुने हुन्छ । यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ । यस सन्दर्भमा कठिन उत्सब सासनको लागि ठूलो शक्ति, कोशेढुङगा सावित हुन्छ । 
यो उत्सबको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ । तीन महिनाको बर्षाबास सम्पन्नता माथि यो कथिन चीवर दान अडिएको छ । किसानलाई बर्षायाम कति महत्वपूर्ण छ, त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरुको लागि यो बर्षावासको समय त्यति नै महत्वपूर्ण हुने बताइन्छ । 
उपसम्पदा भिक्षुहरुले हरेक बर्ष तीन महिनाको बर्षाबास अधिष्ठान विनयपूर्वक सम्पन्न गरेको दिन संघ पवरणा गरेदेखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सब भनिन्छ । विशेष गरी यो असार पूर्णिमाको दिन संघ उपोसथ गरेबाट सुरुबात भएर आश्विन पूर्णिमासम्ममा सम्पन्न हुन्छ । 
यो कथिन चीवर उत्सव साधारण रुपमा गर्न नसकिने, विशेष योग्यता पु¥याउनुपर्ने हुनाले यसलाई कठिन भनिन्छ । तर कठिन नेपाली कठिन शब्द नभएकोले गर्नै नसकिने गाह्रो भन्ने अर्थ लाग्दैन । यसको विशेष अर्थ चाहि दृढ, भरिलो, दरिलो, गुणसम्पन्न, ठोस भन्ने हो ।
कथिन चीवर उत्सव मनाउन निम्न सर्तहरु पूर्ण भएको हुनुपर्छ ।
१. बर्षावास बसेको हुनुपर्ने ।
२. बर्षावास बसेर पनि बर्षावासको नियम पूरा हुनुपर्ने वा सप्ताहकरणमा कुनै त्रुटि हुनु हुँदैन ।
३. बर्षावास समप्त भयो कथिन चीवर दान उत्सब गर भनेर बर्षावास बस्ने भिक्षुले भन्न पाउँदैन ।
४. उपासकउपासिकाले मात्र स्वेइच्छाले चाहेमा कथिन गराउन सक्छ । उचित तरिकाबाट प्राप्त चीवर हुनुपर्छ (दातालाई
कुनै करकाप नगरिएको स्वईच्छाले दान गरिएको जस्तै आकाशबाट पानी झरे झैं हुनुपर्छ )
५.जुन कथिनको उत्सबको महिना हो त्यस एक महिना अवधिमा एउटा मात्र कथिन चीवर दान उत्सब मनाउन सकिन्छ।
६. कम्तिमा उपसम्पन्न ५ वर्गी भिक्षु संघहरु पूरा भएको हुनुपर्ने । बढिमा १,००,००० भएपनि हुन्छ ।
कथिन दान
दाताहरुले कथिन चीवर दान गरिसकेपछि यसले मूर्तरुप लिन यो छ वटा प्रक्रिया पूरा गर्नुपर्छ ।
१. दाताले कथिन चीवर भिक्षु संघलाई प्रदान गर्ने ।
२. संघबाट एक वर्गी उपयुक्त भिक्षुको छनोट गर्ने ।
३. कथिन चीवरलाई ब्यक्तिगत चीवरमा परिणत गर्ने ।
४. कथीन चीवर कपडा चीवरको रुपमा परिणत गर्ने ।
५. कथिनलाई फैलाउने, संघसामु कथिन चीवर प्रकाशपार्नु, आवश्यकता भएकोलाई विनयपूर्वक हस्तान्तरण गर्नु ।
६. कथिनलाई फैलाइएकोमा अनुमोदन गर्नु, त्यसमा हर्षित हुनु सहभागी हुनु । दायद हुनु, अंशियार हुनु।
कथिनदान दिने ब्यक्ति
१. देवता
२. गृहस्थ स्त्री वा पुरुष
३. भिक्षु
४. भिक्षुणी
५. सामणेर
कथिनको महत्व तथा आनिसंश फल
बिशेष रुपमा नै अश्विन पूर्णिमा देखि लिएर कार्तिक पूर्णिमासम्म मात्र दान गर्न पाइने कथिन त्यसमा पनि तीन महिनाको बर्षाबास बसेको भिक्षुलाई मात्र दान गर्न पाइनुको महत्व ठूलो रहेको पाइन्छ ।
कथिनन्ति पञ्चनिसंसे अत्तोकरणा समत्थाय चिरन्ती कथिनं ।
तीन महिनाको बर्षाबास बसेको भिक्षुहरुलाई कथिन चीवर विहारमा दान गर्न सकेमा भिक्षुहरुमा पाँच प्रकारको फल आनिसंसहरु स्थीर भएर प्राप्त हुन्छ । त्यसैलाई नै कथिन भनिन्छ ।
जो भिक्षुहरुले बर्षावास पुरागरी कथिन चीवर प्राप्त भएर विनय कम्मवाचामा सामेल भई भिक्षुसंघले कम्मवाचा उच्चारण गरीसकेपछि कथीन चीवर प्राप्त गर्ने भिक्षुहरुले यी पाँच प्रकारको आनिसंस फलहरुस्थीर भएर प्राप्त हुन्छ ।
१. अनमन्तचार ः आमन्त्रण नगरीकन गाउँघरमा जानसक्छ । आफ्नो नातेदार वा चिनेको गृहस्थीको घरमा दिउसोको
भोजन निमन्त्रण भएता पनि सो समय भन्दा अगाडि जान सकिनेछ सानो नास्तापानी, चिया,कफि इत्यादिको लागि
अर्को भन्तेको अनुमति आवश्यक हुँदैन ।
२. असमादानचार ः त्रिचीवर अधिस्ठान नगरीकन गाउँघरमा जान सक्छ । अथवा तिनवटै चीवर नबोकेर एक ठाउँबाट
अर्को ठाउँमा जान सक्छ ।
३. गणभोजन ः सामुहिक भोजनमा सहभागी हुन सकिनेछ ।
४. यावदत्थ चीवर ः दान प्राप्त चीवरहरु जति भएतापनि अधिष्ठान नगरीकन आफ्नो कोठामा पाँच महिनासम्म राख्न
सकिन्छ । अरु बेलाको चीवर दश दिन भन्दा बढि राख्न पाईदैन ।
५. यो च तत्थ चीवरुपाद ः सांघिक चीवर दान गर्दा कथिन दान लिएको भिक्षुहरुले मात्र पाउन सक्छ । अथवा आवसिय
भिक्षुहरुको आफुले बर्षावास बिताएको विहारमा सांघिक गरेको चीवरमा प्रथम अधिकार हुनेछ ।
पाँच वटा सुविधाहरुको कार्यन्वयन ५ महिनापछि स्वतः रद्द हुन्छ ।

गृहस्थ जसले कथिन दान दिनुहुन्छ । उहाँहरुलाई प्राप्त हुने फल आनिसंश
१.कुनै यात्र गर्दा कुनै प्रकारको भय, अन्तराय, बाधा, अवरोध हुने छैन ।
२. आगो पानी राजा चोर अज्ञानी सन्तान कसैले पनि सम्पत्ति नास गर्न सक्नेछैन् ।
३. आफ्नो कार्य, अफिस, खेतीपाती, ब्यापारमा कुनै समस्या जटिलता विना नै गर्न सक्नेछन् ।
४. खाना प्रसस्त हुनेछ, खाएको चीजबाट कुनै खतरा हुनेछैन ।
५. श्री सम्पत्ति सधै सुरक्षित हुनेछ ।
६. लुगा फाटाहरु प्रसस्त प्राप्त हुनेछन । साथै धेरै सम्पत्तिको मालिक हुनेछन ।
नागित थेरले भन्नु भएको थियो पूर्व जन्ममा कथिन चीवरदान दिएको आनुभावले नरकमा कहिलै जानुपरेन अनगिन्ती पटक चक्रवर्ती राजा भएर निर्वाणसम्म पुग्नको लागि सो दानको आनुभाव मुख्यकारण बन्यो । सुमेरु पर्बत हिमालय पर्बतलाई ढाक्ने कपडा दान दिनुभन्दा पनि कथिन चीवर दान दिनुको पुण्य कैयौं गुणा धेरै छ भनिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

इनाचोमा दुलर्भ कठिन चीवर दान (फोटो फिचरसहित)
इनाचोमा दुलर्भ कठिन चीवर दान (फोटो फिचरसहित)
इनाचोमा दुलर्भ कठिन चीवर दान (फोटो फिचरसहित)
इनाचोमा दुलर्भ कठिन चीवर दान (फोटो फिचरसहित)

Comments