आज भक्तपुरमा कठिन चीवर शोभायात्रा ः खौमाबाट सुरु हुने
कार्तिक ३०, २०८०, बिहीबार | विहान ०३:२१ बजे | 85
भक्तपुर । मुनि विहार दायक सभा भक्तपुर नपा वडा नं ७ इनाचोको आयोजनामा आज बिहीबार भक्तपुरमा कठिन चीवर उत्सव हुने भएको छ । कार्यक्रम दिउँंसो १ बजेबाट सुरु हुनेछ । पहिलो चरणमा दिउँंसो १ बजे भक्तपुरको खौमा ध्वाकामा जम्मा हुनेछ । त्यहाँं थाइल्याण्डका उपसंघराज अतिपुज्य भिक्षु समतेच बरधीरञाणमुनि (समछाय) प्रमुख अतिथि तथा अतिथिहरुको स्वागत गरिनेछ । त्यहाँंबाट साढे १ बजे चीवर शोभायात्रा सुरु हुनेछ । शोभायात्रा नगर परिक्रमा गरी मुनिबिहार इनाचो पुग्नेछ । त्यहाँं चीवर दान उत्सब हुनेछ ।