वातावरण संरक्षण मञ्चको १८ औं साधारणसभा सम्पन्न


कार्तिक २५, २०८०, शनिबार | दिउँसो ०२:३९ बजे | 55


वातावरण संरक्षण मञ्चको १८ औं साधारणसभा सम्पन्न

भक्तपुर कार्तिक २६ । हरियाली प्रवर्द्धनको लागि वृक्षरोपण गरौं भन्ने उद्देश्य राखेर २०५९ मा स्थापना भएको वातावरण संरक्षण मञ्च भक्तपुरको शनिवार एक समारोहबीच १८ औं साधारणसभा सम्पन्न भयो । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्र मान श्रेष्ठले आफ्नो स्वार्थ पुरा गर्ने क्रममा अरूलाई असर पार्ने गर्न नहुने बताउँदै प्रदेश सभाको प्रत्येक निर्वाचन क्षेत्रमा प्रांगाररिक मल बनाउने नितिसँगै वातावरण संरक्षण ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले रासायनिक मलले तत्कालका लागि फाइदा दिए तापनि दिर्घकालिन रुपमा नराम्रो असर गर्ने जानकारी दिँदै स्थानीय सरकारको वातावरणसँग सम्बन्धित अनुगमनमा त्यसका विज्ञहरूको सहभागीताको लागि आवाज उठाउनुपर्ने बताउनुभयो । आयोजक मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको सभापतिले सरकार वातावरण संरक्षणमा उदासीन भएको बताउँदै आव ७९/८० मा भएको विभिन्न कार्यक्रमको प्रतिवेदन र भावि कार्यक्रम प्रस्तुत गर्नुभयो । वातावरण मञ्चका सल्लाहकार रामबहादुर श्रेष्ठ लगायत गैरसरकारी संस्था भक्तपुर शाखा को प्रतिनिधि पहलमान श्रेष्ठले निस्वार्थ रुपमा वातावरण संरक्षणमा लाग्दा डलरवादीको आरोप सहनुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । वातावरण संरक्षण मञ्चको कोषाध्यक्ष सहना पसखलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सोही कार्यक्रममा महासचिव मनिराम लामिछाने, उपाध्यक्ष अमिमन्यु राउत लगायत रामदेवी तचामोलेबोलेका थिए । सोही कार्यक्रममा वातावरण संरक्षण मञ्चको विभिन्न कार्यक्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रशंसापत्र वितरण गरी सम्मान गरेको थियो ।

Comments