भव्य रुपमा सकियो रास्वपा भक्तपुरको शुभकामना आदानप्रदान


कार्तिक २५, २०८०, शनिबार | विहान ०६:३१ बजे | 45


भव्य रुपमा सकियो रास्वपा भक्तपुरको शुभकामना आदानप्रदान

भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार नयाँं थिमि चोकमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय यचु पार्टी भेन्युमा भएको कार्यक्रम अतिथि रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल थिए । 
कार्यक्रममा ढकालले पार्टी केन्द्रिय समिति र संसदीय दलको बैठक मंसिर ११, १२ र १३ गते महोतरी जिल्लाको जलेश्वरमा हुने जानकारी गराए । बैठकले वडा अधिवेशनका लागि विधि र प्रक्रियाकोबारेमा छलफल हुने उनले जनाए । वडा, नगर, जिल्ला हुँंदै केन्द्रिय अधिवेशन हुने उनको भनाई थियो ।
कार्यक्रममा पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले देशको हालको आर्थिक संकटको कारक २०४६ सालपछि शाशन गर्दै आएका ठूला दलहरु रहेको आरोप लगाए । कार्यक्रम जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा भव्य सहभागिता देखिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

भव्य रुपमा सकियो रास्वपा भक्तपुरको शुभकामना आदानप्रदान

Comments