चाइल्ड नेपालको कार्यक्रममा सोधियो बालबालिकाको समाचार किन आउँंदैन ?

कार्तिक २४, २०८०, शुक्रबार | दिउँसो ०३:३५ बजे | 55

चाइल्ड नेपालको कार्यक्रममा सोधियो बालबालिकाको समाचार किन आउँंदैन ?

काठमाडौं, २४ कात्तिक। बालबालिका सम्बन्धी क्रियाशिल गैरसरकारी संस्था चाइल्ड नेपालले नेपाली सञ्चार माध्यममा बाल संवेदनशीलता सम्बन्धी एकदिने अभिमुखीकरण संचालन गरेको छ ।
काठमाडौं उपत्यकामा रहेका विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग संस्थाले नेपाली सञ्चार माध्यममा बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा डा. कुन्दन अर्यालले गैर राजनैतिकको दायरा जबसम्म फराकिलो हुँदैन तबसम्म बाल संवेदनशीलतामा परिवर्तन आउन नसक्ने बताउनुभयो ।
कार्यक्रमको बाल अभियन्ता तारक धितालले विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो । उहाँले सञ्चार माध्यममा बालबालिकाको बिषय किन र ? बालबालिकाको विचार र भावनाको कदर, बालबालिकाको समस्या र मुद्दा उठान, बालबालिकाको सहभागितामा समावेसीलगायतका बिषयका अभिमुखीकरण गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा चाइल्ड नेपालका निर्देशक मोहन दँगालले बालबालिकाको समाचार सम्प्रेशन गर्दा तथ्यमा अधारित सामग्रीहरू माथि सम्बोधन गर्न, बालबालिकाको विषयबस्तुलाई निरन्तर प्रकृयाको रूपमा प्रयोग गरिदिन अनुरोध गर्नुभयो । उहाँले समाचारमा बालबालिकाको विषयबस्तुमा प्रभावकारी ढंगले सम्प्रेशन गर्न पनि सुझाव दिनुभयो । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने उहाँले बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

चाइल्ड नेपालको कार्यक्रममा सोधियो बालबालिकाको समाचार किन आउँंदैन ?
चाइल्ड नेपालको कार्यक्रममा सोधियो बालबालिकाको समाचार किन आउँंदैन ?
चाइल्ड नेपालको कार्यक्रममा सोधियो बालबालिकाको समाचार किन आउँंदैन ?

Comments