कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमित


असोज २०, २०७७, मङ्गलबार | दिउँसो ०१:२४ बजे | 5


काठमाडौं । कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएको छ । मंगलबार उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोना पुष्टि भएको जानकारी गराएका हुन।  आचार्यले अहिले  अवस्था समान्य रहेको बताएका छन ।
‘हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं’, उनले फेसबुकमा लेखेका छन्।  
कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन आग्रह समेत गरेका छन।

Comments