"झीगु ख्वप" एकल फाेटाे प्रदर्शनी सम्पन्न
कार्तिक २२, २०८०, बुधबार | विहान ०४:३९ बजे | 125
किपाःग्राफी भक्तपुरका संस्थापक अध्यक्ष एवं सल्लाहकार शुरेस राज शाक्यकाे "झीगु ख्वप" एकल फाेटाे प्रदर्शनी सफलता पूर्वक कार्तिक २० गते सम्पन्न भएकाे छ । साे फाेटाे प्रदर्शनीकाे समुद्घाटन अष्ट्रेलियाका महामहिम फेलिसिटी भाेल्कले गर्नु भएकाे थियाे । साे फाेटाे प्रदर्शनी अवलाेकन गर्न बागमती प्रदेश सभाशद माननियहरू सुरेन्द्र राज गाेसाईं र कन्चन चन्द्र बादे , काठमाडौं महानगर पालिकाका उप मेयर सुनिता डंगोल , ललितपुर उपमहानगर पालिकाका उप मेयर मञ्जिला शाक्य बज्राचार्य ,बनेपा नगरपालिका प्रमुख शान्तिरत्नशाक्य लगायत पत्रकार, फाेटाेग्राफर विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरू बिद्यालयका शिक्षक, शिक्षिका,बिद्यार्थीहरू एवं महनुभावहरूकाे ठूलाे संख्याले अवलाेकन गर्नु भएकाे थियाे । साे प्रदर्शनीमा भक्तपुरका मुर्त अमुर्त सम्पदा, कला संस्कृति एवं जीवन शैलीका ८५ वटा फाेटाेहरू प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनी सफलतापुर्वक सम्पन्न गर्न सहयाेग गर्ने अायाेजक RP Foundation , सपाेर्टर इन्फिनिटी फाेटाे वर्ड, रअ स्टुडियाे र मिडिया पार्टनर भाडगाउँ टेलिभिजन लाई सह अायाेजक किपाःग्राफी भक्तपुरकाे तर्फबाट हार्दिक सधन्यवाद अाभार ब्यक्त गर्दछ
फाेटाेमा हेर्नुहाेस्...