भक्तपुरका स्वर्गीय सावित्रीको सम्झनामा सिद्धि स्मृति शालिग्रामका बृद्धबृद्धाहरुलाई भोजन
कार्तिक २१, २०८०, मङ्गलबार | विहान ११:३७ बजे | 20
भक्तपुर । भक्तपुरको नासमनाका स्वर्गीय सावित्री केसीको सम्झनामा मंगलबार जिल्लाको भेलुखेलस्थित सिद्धि शालिग्राम जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई भोजन खुवाइएको छ । स्वर्गीय केसीको निधन भएको एक महिना पुगेको अवसरमा बृद्धबृद्धालाई साकाहारी भोजन खुवाइएको हो ।
बृद्धबृद्धाहरुलाई आदर गर्नुपर्छ, उनीहरुलाई सम्मान गर्नुपर्छ भन्ने भाबनाका साथ भोजन खुवाइएको जनाइएको छ । मृतक सावित्री केसीका धर्मपति ८२ वर्षीय समाजसेवी डा इन्दुल केसी, छोरा उज्ज्वल केसी, बुहारी सृजना पौडेल केसी र नाति सृजल केसी र छोरी सजनी कार्की केसी बृद्धाश्रम पुगेर भोजन खुवाएका थिए । उनीहरुले त्यहाँंकै भान्छामा खाना पकाउन दिएर त्यसका लागि खर्च प्रदान गरेका थिए ।
भोजनमा त्यहाँंका ४० जना बृद्धबृद्धा र दसजना भान्छे, हेरचाहकर्मी गरी कुल ५० जनाको सहभागिता रहेको समाजसेवी इन्दुल केसीले जनाए । मृत्युपछि परम्परा अनुसार श्राद्धकर्म गर्नुमात्रै ठूलो होइन, बृद्धबृद्धाहरुको सम्मानमा उनीहरुको लागि पनि केही गर्नु धर्म हो भन्ने भाबनाका साथ भोजनको व्यवस्था गरेको केसीले बताए ।
स्वर्गीय सावित्री केसीको निधन असोज २१ गते आइतबार उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा भएको थियो । उनी मुटुको विरामी थिइन् । यसअघि नै उनको मृतुको शल्यक्रिया गरिएको थियो । यो क्रममा घरमा तलमाथि गर्न नसक्ने भएकाले अपरेशनपछि उनी सिद्धि स्मृति शालीग्राममा पति इन्दुल केसीसहित बसेका थिए । यही कारण परिवारले अहिले सिद्धि स्मृति शालिग्रामका बृद्धबृद्धाहरुलाई भोजनको व्यवस्था गरेको जनाएको हो । भोजनको क्रममा त्यहाँं रहेका बृद्धबृद्धाहरुले स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...