स्व भीमबहादुर नकर्मीको प्रतिमा अनावरण
कार्तिक २०, २०८०, सोमबार | दिउँसो ०३:११ बजे | 65
काठमाडौ । भास्तिपुर ज्ञानमालन भजन गुरु एवं भजन संरक्षक वरिष्ठ रचनाकार, संगीतकार, नाटककार, साहित्यकार सगीत गुरू स्व भीमबहादुर नकर्मीको तेस्रो पुण्यतिथिको अवसरमा स्व भीमबहादुर नकर्मीको प्रतिमा अनावरण कार्यक्रम सोमबार सम्पन्न भयो । ज्ञानमाला भजन खलः बलम्वूको आयोजनामा चन्द्रागिरी नगरपालिका वलम्वुका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा भव्य र सभ्य ढंगमा सुसंपन्न भएको थियो । उक्त कार्यक्रममा लक्ष्मीनारायणको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ शास्त्रीय गुरु धनबहादुर गोपाली, वरिष्ठ साहित्यकार तथा भजन गुरु डाक्टर इन्दुल केसी, वडाका पदाधिकारीहरू, विभिन्न जनप्रतिनिधिहरू, प्राज्ञ व्यक्तित्वहरू, गायक तथा संगीतकारकारहरू, विभिन्न भजनमालाका प्रतिनिधिहरू, ज्ञानमाला भजन खलःका सदस्यहरूको भव्य उपस्थिति थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथिले नगरपालिकावाट यस्ता समाजमा महत्त्वपूर्ण योगदान पु¥याउने मुर्धन्य श्रष्टाहरूको संमानमा विभिन्न कार्यक्रमहरूमा सहयोग पु¥याउने युवा पीडिलाई हाम्रा अग्रज ज्ञानका खानी हुन तिनलाई मानसंमान आदर गरी उनीहरूको योगदान संधै वन्दनीय र पुजनीय रहेको सन्देश प्रदान गर्नुपर्ने बताउनु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...