दुर्गा प्रसाइँले भने मंसिर ७ गते काठमाडौंमा जे पनि हुनसक्छ
कार्तिक २०, २०८०, सोमबार | दिउँसो ०१:१८ बजे | 100
भक्तपुर । अभियन्ता दुर्गा प्रसाईले मसिर ७ गते काठमाडौंमा आफूहरुको कार्यक्रमसँंग जुध्ने गरी एमाले युवा संगठनले कार्यक्रम गरेकोले त्यहाँं जे पनि हुनसक्ने बताएका छन् ।
उनको निजी निवास भक्तपुरको मध्यपुर थिमिमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले अहिले पालैपालो देश हाँंकिरहेका नेपाली कांग्रेस, एमाले, माओवादीका गरी टाउके ३० नेता हटाउने अभियानमा रहेको बताए । साथै उनीहरुलाई प्रभाव पार्ने १६ जना मारबाडी व्यापारीलाई पनि कमजोर गर्नुपर्ने बताए । साथै १० जना विचौलियाको प्रभाव पनि न्यूनीकरण गर्न आवश्यक भएको बताए ।
विशेष गरेर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र त्यस पार्टीका युवा नेता महेश वस्नेतमाथि विशेष खनिएका उनले नेपालका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट पार्टी होइनन्, व्यापारी पार्टी रहेको दावी गरे । म हिजो एमालेमा रहेको बेला केपी ओलीलाई भेटन जाँदा पनि उनी पपजी खेलेर बस्छन्, उनले स्मरण गरे । उनले महेश वस्नेतले भक्तपुरका ऐलानी जग्गालाई पर्ति गरेर भ्रष्टाचार गरेको आरोप लगाए ।
एक घण्टा भन्दा वढी भाषण दिएका प्रसाइले केपी ओलीलाई अवको दस वर्ष मात्रै शाशन गर्न दिए नेपालमा मान्छे होइन, चराचुरंगी पनि नरही विदेश जाने ठोकुवा गरे । केपी ओलीले देश चलाए काठमाडौका शतप्रतिशत सटर वन्द भई मानिसविहीन भएर काठमाडौंमा स्याल आउने थाल्नेछ, उनको भनाई थियो, त्यसकारण यस्ता ठूला दलका ठूला नेतालाई शाशनसताबाट हटाउनुपर्छ ।
मंसिर ७ गत राजधानीमा उनले गर्न लागेको बृहत नागरिक मुक्ति आन्दोलन औपचारिक घोषणा तथा आन्दोलनकोबारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा प्रसाइले आफूहरुले पाँंच महिनादेखि घोषणा गर्दै आएको आन्दोलनको दिन नै एमालेले सोही दिनमा माइतीघर मण्डलामा अर्काे कार्यक्रम राखेर मुठभेड खोजेको बताए । त्यो आन्दोलनमा पुरुषहरु पर्दैन, महिलासाथीहरुले नै सारी लगाएर देखाइदिएर उनीहरुलाई धपाउनेछन्, उनले भने, यो क्रममा धरपकड भए हामी जिम्मा लिंदैनौं ।
पत्रकार सम्मेलनको क्रममा प्रसाई ठूला दल र तिनले गरिरहेको लुटतन्त्र भन्दै अनेक प्रमाणहरु देखाएका थिए । नेपाल भारत सिमाहरुमा भारु नक्कली पैसा राख्ने गोदाम बनाएको, आरजु राणाले २५ करोड घुस खाएकोलगायतका चर्चा मात्रै नगरी उनले आफूले भुँइमान्छेका हितमा काम गर्दै गरेको भन्दै सहयोग पाएका महिलाहरुलाई पनि मञ्च अगाडि ल्याएर पेश गरेका थिए ।
सयौको भीडमा भएको पत्रकार सम्मेलनमा उनले आफूले बैंकको व्याज तिर्दै आएको प्रमाण पनि देखाए । साथै उनले लघुवितबाट लिएका २५ लाख भन्दा कमको श्रृण मिनाहा गर्नुपर्ने भन्दै नतिर्न अनुरोध गरे ।
फाेटाेमा हेर्नुहाेस्...