भक्तपुरमा कहाँकहाँ छन् सोमबार कोरोना संक्रमित (विवरणसहित)


असोज १९, २०७७, सोमबार | दिउँसो ०३:२२ बजे | 30


भक्तपुरमा कहाँकहाँ छन् सोमबार कोरोना संक्रमित (विवरणसहित)
भक्तपुर । दिनप्रतिदिन भक्तपुरमा असोचनिय तवरले कोरोना भाईरस संक्रमित बिरामी बृद्धि हुँदै गईरहेको छ यसैक्रममा आज असोज १९ गते सोमवार भक्तपुर जिल्लामा १०३ जनामा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेतापनि ९३ जनाको नामावली प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
जसमा भक्तपुर नगरपालिकामा (१०पुरूष र ८महिला) गरि १८ जना, चागुनारायण नगरपालिकामा (१९पुरूष र१५महिला) गरि ३४ जना, सुर्यबिनायक नगरपालिकामा (१० पुरूष र ७महिला) गरि १७ जना र मध्यपुर थिमि नगरपालिकामा लौहकन्थली, गठ्ठाघर, धुन्चोपाखा, राद्ये राद्ये, पोबुलगायतका स्थानमा (४पुरूष र १०महिला) गरि १४ जना रहेको र १० जनासंग सम्पर्क हुन नसकेको बताउनुभयो ।

Comments