सेवा निबृत शिक्षक समाज भक्तपुरद्धारा भूकम्पका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना
कार्तिक १९, २०८०, आइतबार | दिउँसो ०१:१२ बजे | 30
भक्तपुर । सेवा निवृत शिक्षक समाज भक्तपुरले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । समाजले आइतबार शोक बक्तत्व प्रकाशित गरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । साथै मृतक परिवार तथा आफन्तहरुप्रति समेवदना प्रकट गरेको छ ।
जाजरकोट केन्द्रविन्दु भएर कार्तिक १७ गते राति गएको भूकम्पमा परी हालसम्म एकसय जनाभन्दा वढीको मृत्यु भएको छ भने सयौ घाइते भएका छन् ।
सेवा निबृत शिक्षक समाज भक्तपुर सेवा निवृत शिक्षकहरुको संगठन हो । यसले समयसमयमा विभिन्न कार्यक्रमहरु गरेर आफूहरुसँंग भएका अनुभब आदानप्रदान गर्ने कामहरु निरन्तर गरिरहेको छ ।