'फूल हाै तिमी' लाेकार्पण
कार्तिक १७, २०८०, शुक्रबार | विहान १०:१४ बजे | 55
काठमाडाैं, १७ कात्तिक । किर्तीमानी सङ्गीतकार सन्ताेष श्रेष्ठकाे संगीत, गायक निसान भट्टराई र गायिका अस्मिता अधिकारीकाे स्वर तथा गीतकार ज्ञानेन्द्र गदालकाे शब्द रहेकाे फूल हाै तिमीकाे श्रव्य दृश्य सार्वजनिक भएकाे छ । गीतकार संङ्घ नेपालकाे आयाेजनामा काठमाडाैंकाे बिजुलीबजारमा एक कार्यक्रम गरी संगीतरत्न सम्भुजित बास्काेटाले गीतकार ज्ञानेन्द्र गदालकाे शब्द रहेकाे 'फूल हाै तिमी'काे श्रव्य दृश्य लाेकार्पण गर्नुभएकाे हाे । लाेकार्पणकाे क्रममा अतिथि तथा किर्तीमानी सङ्गीतकार सन्ताेष श्रेष्ठले सैद्धान्तिक पाटाे भन्दा फरक ढंगले बनाएकाे गीतमा संगीतले प्राण भर्न सकेकाे बताउनुभयाे । उहाँले गीतमा प्राण भरें भन्दैमा गीत संगीतकारकाे मात्र नभइकन गायक/ गायिकाकाे पनि भएकाे र भिडियाे, भिडियाे निर्देशककाे मात्र नभएर सम्पूर्ण कलाकारकाे हुने भएकाेले लाेकार्पणकाे समयमा सबैजना साथै हुन आवश्यक रहेकाे बताउनुभयाे । प्रमुख अतिथि तथा बरिष्ठ सङ्गीतकार सम्भुजित बास्काेटाले २०२८ सालमा आफैले शब्द लेखेर आफैले सङ्गीत गरेकाे क्षण सम्झिँदै त्यतीखेर दर्शक र श्राेताकाे मनमा मात्र दर्ता गर्दा हुने समय रहेकाे भन्दै अहिलेकाेे अवस्था फेरिएकाे बताउनुभयाे । उहाँले गीतकार गदालकाे शब्द, साहित्य सरल रहेकाे पनि बताउनुभयाे । उहाँले सङ्गीतकार सन्ताेषकाे आफ्नाेपनकाे सङ्गीतले गीतलाई सुन्दर बनाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे सङ्गीतकार श्रेष्ठले गीतलाई कल्याण गरेकाे छ । कार्यक्रममा गीतकार संङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा सभापति रहनुभएकाे थियाे भने अतिथिहरूमा अन्तराष्ट्रिय नेपाली कालाकार समाजका पूर्व अध्यक्ष तथा गायक कन्हैया सिं परियार, चलचित्र निर्मात्री सावु गदाल कार्की रहनुभएकाे थियाे । कार्यक्रममा गीतकार संङ्घ नेपालका काेषाध्यक्ष चेतन खतिवडा, उपाध्यक्ष रमेश काेइरालालगाएतका उपस्थित हुनुहुन्थाे ।
फाेटाेमा हेर्नुहाेस्...