धिमे बाजा प्रशिक्षण सम्पन्न (फोटो फिचर पनि)
कार्तिक १६, २०८०, बिहीबार | विहान १०:४० बजे | 60
भक्तपुर, १६ कार्तिक । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को धिमे बाजा प्रशिक्षण समापन तथा टि सर्त वितरण कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा देगईना धिमेबाजा सिकाउने अखछेँमा एक समारोह बीच बिहिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले साँस्कृतिक उपसमितिलाई धन्यवाद दिँदै धिमेबाजाका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण सफलता पूर्वक सम्पन्न गरेकोमा बधाईका साथ धन्यवाद दिनुभयो । उहाँले ज्ञान जति बाँड्यो त्यति नै बढ्छ । त्यसैले आफूले सिकेको सीप परिवार, छरछिमेक, टोल र साथीहरुलाई पनि सिकाउने छ भने आशा ब्यक्त गर्नुभयो । उहाँले नेवार समुदायको पहिचान बोकेको धिमे बाजा जगेर्ना गरी प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ पुस्तालाई सिकाउने र प्रशिक्षणले कला सँस्कृति जोगाउने काममा राम्रो पाइला भएको बताउनुभयो । उहाँले सहकारीको ७ सिद्धान्त मध्ये सामाजिक कार्यक्रम अन्तर्गत धिमे बाजा प्रशिक्षण दिई सहकारी प्रति सकारात्मक भावना ल्याउन भएको बताउँदै भक्तपुर नाचगानको राजधानीमा बाजागाजा जगेर्ना गर्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहकारीको महत्वपूर्ण भूमिका र योगदान भएको बताउनुभयो । उहाँले सिकेको सिप नौ दिन नौलो र बीस दिन विस्र्यो हुने भएकोले आफूले सिकेको बाजा समय समयमा अभ्यास गरेन भने बिर्सिने र ३ महिना विताएर सिकाएको समय र खर्च समेत सित्तै जानेछ बताउनुभयो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष श्री प्रसाद प्रजापति, संचालन सचिव सत्यराम ज्ञामरुले गर्नुभएको थियो भने प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई अध्यक्ष कृष्णराम कासिछ्वाले टिसर्त वितरण गर्नुभएको थियो ।